तेह्रथुम/जंगलमा पाईने फल ऐसेलु विक्री गरेर तेह्रथुम, धनकुटा र संखुवासभाका स्थानीयवासीले यो वर्ष १ करोड रुपैंया वढी आमदानी गरेका पारेका छन् । जंगलमा टिपेको ऐसेलु संखुवासभाको टुटेमा खुलेको मकालु वाइन इन्डष्ट्रिजलाई विक्री गरेर स्थानीयले यती धेरै रकम आम्दामी गरेका हुन् ।

स्वादिलो पेय पदार्थ वाइन वनाउन प्रयोग हुने कच्चा पदार्थ ऐसेलु टिप्न विद्यालय जाने केटा–केटी देखि लिएर बुढा–बुढी सम्मका स्थानीयबासी यति खेर निकै व्यस्त रहेका छन । संखुवासभाको तामाफोक ९ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका वासिन्दाका लागि ऐसेलु विक्री गरेर गाउमा करोडौं रुपैंया भित्र्याउने माध्यम वनेको छ ।

यस वर्ष ऐसेलु टिपेर साविकका सोल्मा, तामाफोक, सुङनाम, मारेकटहरे, परेवादिन, आङदीम, हमरजुङ, फुलेक, दा“गपा, सुदाप, वसन्तपुर लगायतका दर्जन वढी गाविसवासीले १ करोड रुपैंया गाउ“मा भित्राउन सफल भएको उद्योगले जनाएको छ । ऐसेलुबाट उद्योगले ‘हिंवा’ व्राँण्डको वाइन उत्पादन गर्दै आएको छ ।

जंगलमा निशुल्क टिप्न पाईने ऐसेलु प्रति केजी ६० रुपैंया सम्ममा विक्री भए पछि किसानले नीजि र सामुदायिक वनमा ऐसेलुको व्यवसायीक खेती समेत शुरु गरेका छन् । गाउलेले जंगलमा टिपेको ऐसेलु खरीद गरेर उद्योगलाई विक्री गर्ने विचौलीयाहरुले समेत यो समयमा लाखौं रुपैंया कमाई गरीरहेका छन् । सोल्मा ५ तेह्रथुमकी विना भटराईले गाउ

नजीकको जंगलमा टिपेको ऐसेलु विक्री गरेर यो सिजनमा ४० हजार रुपैंया आमदानी गरेको वताईन् । पछिल्ला वर्षहरुमा सामुदायिक वनले समेत ऐसेलुको व्यवसायिक खेती गरीरहेका छन् ।

सामुदायिक वनलाई केही पैसा वुझाए पछि सिजनभर ऐसेलु टिप्न पाईने गरेको परेवादिन धनकुटाका ऐसेलु संकलनकर्ता धन वहादुर कार्कीले वताए । ऐसेलुबाट किसानले राम्रो आमदानी गर्न थालेपछि वन कार्यालयले समेत सामुदायिक वन मार्फत ऐसेलु खेती गर्न उपभोक्तालाई प्राँेत्साहीत गरीरहेको जिल्ला वन कार्यालय तेह्रथुमले जनाएको छ।

ऐसेलुवाट सेतो रङको वाइन उत्पादन हुन्छ । नेपाली समाजमा वाइन पिउने कल्चर विस्तारै विकास हुदै गएकाले जंगलमा खेर जाने फल ऐसेलुको समेत खपत छ । जंगली वन पाखामा फलीसकेर त्यसै खेर गईरहेको ऐसेलुबाट तयार भएको वाइनको पछिल्लो समय युरोपीय मुलुकबाट समेत माग आईरहेको उद्योग जनाएको छ । केही वर्ष अघि सम्म विदेशी वाइनले ओगटेको स्थानीय बजार अहिले पहाडी चिसो हावापानीमा फलेको ऐसेलुबाट तयार गरिएको वाईनले लिदै गएको छ ।