इटहरी/नेपाल घरेलु तथा साना उद्योग महासंघले नौ बुँदे नाम्जे घोषणा पत्र जारी गरेको छ । स्थानीय तहको समग्र आर्थिक विकास, रोजगारी श्रृजना र पूर्वाधार विकासका लागिसबै स्थानीय तहसंग सहकार्य गर्न तथा महासंघको अनिवार्य प्रतिनिधित्व गर्न माग महासंघले माग गरेको छ । साथै स्थानीय तहमा कम्तीमा एउटा साना उद्योग ग्राम स्थापना गर्न माग गरेको छ । साउन २१ र २२ गते बसेको बैठकले उद्योगहरुले अस्वस्थ प्रतिष्पर्धाको वातावरण श्रृजना गरिरहेको हुदाँ यस्ता उद्योगहरुलाई दर्ता प्रकृयामा आउन आब्हान गरेको छ । सो को सहज व्यवस्था मिलाउन पनि महासंघले सबै प्रदेश, जिल्ला संघ तथा नगरहरुलाई आह्वान गरेको छ । घोषणा पत्रमा आ.व २०७४/७५ देखि चेकबाट भुक्तानी गर्ने लागू गरेको व्यवस्थाबाट श्रृजना हुन सक्ने चेक बाउन्सको समस्यालाई समाधान गर्न केन्द्रिय तहमा छुट्टै संयन्त्र बनाई बाउन्स चेकलाई राज्यको बाँकी सरह असुल उपर गर्ने व्यवस्था मिलाउन पनि बैठकले माग गरेको छ । यस्तै विद्युत चोरी र चुहावटका अन्य कारणहरु निराकरण गरि विद्युत बिक्रिदर सस्तो र सुलभ बनाउने उपाय अवलम्मन र बिद्युत महशुल निर्धारण आयोगले प्रस्ताव गरेको २० प्रतिशत विद्युत महशुल वृद्धिको शिफारिस तत्काल फिर्ता लिन पनि बैठकले माग गरेको छ । यसै गरी उद्योगहरुको पारस्परीक हित एवम सार्क स्तरिय नेटवर्कको चौथो सम्मेलन आगामी कात्र्तिक १२ र १३ गते नेपालमा हुने र सो सम्मेलन सफल बनाउने पनि निर्णय गरिएको छ । साना तथा मझौला व्यवसायसँग सम्बन्धित सबै सँघ संस्थाहरुलाई यस सम्मेलनमा सहभागी हुन पनि महासंघले अनुरोध गरेको छ ।