धनकुट/ समृद्धी मुलुक निर्माण गर्ने अभियान अन्र्तगत नेपाली कांग्रेस धनकुटाले भीम नारायण स्मृती भवन धनकुटाको तालिम हलमा निःशुल्क कम्प्युटर प्रविधि मार्फत सुईटर बुनाई तालिम लगायत विभिन्न प्रकारका शिप मुलुक तालिमहरु सोमवार सम्पन्न भएका छन् ।
गरिव,असाहय तथा वेरोजगारहरुलाई विभिन्न प्रकारका शिपहरु प्रदान गरी रोजगार तथा स्वरोजगार बनाई आय आर्जन गरि आर्थिक समृद्धी बनाउनका लागी नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति तथा सांसद मनोहर नारायण श्रेष्ठको सांसद विकास कोष र पार्टीको आन्तरीक कोष व्यवस्थापनमा १५ लाख रुपैया लागनी गरेर तालिम संचालन गरिएको थियो । तालिमको लागी आवश्याक पर्ने कम्प्युटर प्रविधिको मेसिनहरु खरीद गरी शिप मुलुक तालिमहरु संचालन गरिको नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश आठपहरियाले बताएका छन् ।
भीम नारायण स्मृती भवनमा नेपाली कांग्रेस धनकुटाले संचालन भएको विभिन्न शिप मुलुक तालिमहरु अन्र्तगत कम्प्युटर प्रविधिबाट सुईटर बुनाई तालिममा १६ जना , सिलाई कटाई तालिममा १४ जनाले र आधारभूत कम्प्युटर तालिममा २० जनाले भाग लिएकोे नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताएका छन् । कम्प्युटर प्रविधिबाट सुईटर बुनाई तालिम र सिलाई कटाई तालिममा प्रशिक्षक सुनिल कुमार सैनीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिम १ महिनासम्म संचालन भएको थियो । सवैलाई रोजगार तथा स्वरोजगार बनाउने उदेश्यले नेपाली कांग्रेस धनकुटाले गत आर्थिक बर्षमा मात्र सिलाई कटाई तालिम,कुक,वयटर,सुरक्षा कार्ड,हाउस हावरिङ्ग,व्यूटीसिएन तालिम संचालन गरी ३ सय ५६ जनालाई शिप प्रदान गरेको वताइएको छ । अव वारै महिना सिलाई कटाई,कम्प्युटर प्रविधिबाट सुईटर बुनाई तालिम, कम्प्युटर तालिम लगायत विभिन्न प्रकारका शिप मुलुक तालिमहरु निःशुल्क संचालन गरी पनि जानकारी नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
जिल्लामा वरोज्गार रहेका सवैलाई तालिम दिई रोजगार तथा स्वरोजगार बनाई आर्थिक समृद्धी अभियानमा सहभागी गराउने उदेश्यले तालिम संचालन गरिएको पार्टी सचिव विजय सन्तोषी राईले वताएका छन । एक महिने तालिम नेपाली कांग्रेस धनकुटाका नगरसभापती पुरेन्द्रलाल श्रेष्ठको समापतित्वमा सम्पन्न भएको थियो ।