
पाँचथर/निर्माणधिन तल्लो हेंवा जलबिद्युत आयोजनाको सुरुङमा खोलाको पानी पस्दा कृषकको २८ रोपनी खेत बगाएको छ । वर्षाका कारण खोलामा आएको बाढी सुरुङमा पसेको हो । जसले फिदिम नगरपालिका–४, का दिलकुमार यक्पाङदेन र हिलिहाङ गाउँपालिका–७, का लक्ष्मीकुमार तामाङको खेत बगाएको हो ।
गएराती आएको बाढी सुरुङमा पस्दा दुई किसानको त्यतिका परिणामको खेल बगाएको हो । सुरुङमा पसेको बाढीले जलबिद्युत आयोजनाको अडिट एरिया देखि सिधै मुनि रहेको यक्पाङदेनको मात्र करीब २१ रोपनी खेत बगाएको उनले बताए । खोला पारि रहेको तामाङको खेत भने यक्पाङदेनको खेत बगाएर हेंवा खोला थुनिए पछि बगाएको पीडितले बताएका छन् ।
भर्खरै धान रोपेको खेत बगाएपछि यक्पाङदेन र तामाङ चिन्तित बनेका छन् । उनीहरुले आयोजना निर्माण कम्पनि माउन्टेन हाइड्रो सँग क्षर्तीपुर्ती माग गर्ने र कम्पनी यस बिषयमा सकरात्मक भइ क्षर्तीपुती उपल्बध गराउनेमा आफुहरु ढुक्क रहेको समेत बताएका छन् ।