विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आकष्मिक कक्षमा बिचौलिया (दलाल)हरुलाई निषेध गर्ने अभियान सुरु गरेको छ ।प्रतिष्ठानको आकष्मिक कक्षमा केही औषधि पसलेहरुले औषधि बिक्रीकालागि बिचौलियाहरु खटाउनथ थालेपछि प्रतिष्ठानले बिचौलियालाई निषेध गर्ने प्रकृया थालेको हो ।
प्रतिष्ठानले अहिले आकस्मिक कक्षमा आउने बिरामीलाई दुई वटा बिरामी परिचय पत्र (पास) दिने गरेको छ । बिरामीका दुई जना आफन्त बाहेक अरुले उक्त पास प्रयोग गर्न नपाउने प्रतिष्ठानका निर्देशक गौरिशंकर शाहले बताए । एक पटकमा दुई जना भन्दा बढि बिरामीका आफन्तहरु जान नपाउने गरि ब्यबस्था मिलाएका छौ अस्पताल निर्देशक शाहले भने पास नहुनेलाई इर्मजेन्सिको गेटबाट ‘इन्ट्रि’ हुन नदिने ब्यबस्था मिलाइएको छ ।
हामिले दुईवटा पास ३ सय रुपैया धरौटि लिएर दिने गरेका छौ,बिरामी डिस्चार्ज हुदा पास फिर्ता गरेर धरौटि रकम लैजाने ब्यबस्था मिलाएका छौ उनले भने ।बिरामीका आफन्तलाई ‘पास’ दिने ब्यबस्था मिलाएपछि इर्मजेन्सिमा औषधिको बार्गेनिङ घटेको छ इर्मेजेन्सि बिभागका बिभागिय प्रमुख डा. रबिन भण्डारीले भने‘ अहिले बिरामीको चाप बढेपनि बिरामीका आफन्तका कारण हुने भिडभाडपनि नियन्त्रण भएको छ ।‘पास’ नुहने ब्यक्तिलाई हामीले सजिलै आकष्मिक कक्षबाट हटाउन सक्छौ,भण्डारीले भने सेक्युरिटीलेपनि कार्ड बिनाका ब्यक्तिलाई प्रबेश गर्न नदिएपछि अहिले आकष्मिक कक्षको अबस्था पहिलेको भन्दा सुधार भएको छ ।
बिरामीका आफन्तहरुको भिडभाडकै कारण हामीले उपचार गर्नमा कठिनाई हुने गरेको थियो,अहिले त्यो अबस्था छैन डा. भण्डारीले जानकारी दिए । प्रतिष्ठानको सुरक्षार्थ खटिएको केटिएम सेक्युरिटी सर्भिजका इन्चार्ज दिलीप श्रेष्ठले ‘पास ’ सिस्टम लागु भएपछि इर्मजेन्सिको सुरक्षा ब्यबस्था मिलाउन सहजता भएको बताए । केही औषधीका दलालहरुले बिरामीको कार्ड लगाएर आउने गरेको समेत उनले बताए । बिरामीको आफन्तको पास लिएर हिड्ने चार जना दलाललाई हामीले फेला पारेर चेतावनी दिएका छौ उनले भने ।‘यो सिस्टमले प्रतिष्ठानको आकस्मिक कक्षमा सहजता महसुस भएको छ इन्चार्ज श्रेष्ठले भने ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरी शंकर शाहले इर्मजेन्सिलाई थप ब्यबस्थीत बनाउने तयारी भईरहेको जानकारी दिए । इर्मजेन्सिको ल्याब र एक्सरेलाई पनि थप ब्यबस्थित गर्ने योजनामा अगाडि बढाएका छौ निर्देशक शाहले भने अहिले क्षमता भन्दा बढि बिरामी आउने गरेका कारण हामीलाई ब्यबस्थापन गर्न समस्या परिरहेको छ,तर केही दिन भित्रमा यसलाई थप ब्यबस्थित बनाउने हाम्रो प्रयास छ ।यसै बिच वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्रतिष्ठानका बिषयमा भ्रमित पार्ने सुचनाहरु सार्वजनिक भईरहेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरि शंकर शाहले प्रेश बिज्ञप्ति जारी गर्दै प्रतिष्ठानको प्रतिष्ठानमा आँच आउने खालका गलत सुचनाहरु संप्रेशणहँदा जनमानसमा भ्रम पैदा हुने भन्दै यस्ता भ्रमित सुचनाहरुबाट जोगिन आग्रह गरेका छन् ।
प्रतिष्ठानको एमआरआई मेसिन खरिद प्रकृयाका बिषयमा भ्रष्टाचार भएको भन्दै बिभिन्न सञ्चारमाध्यममा आएको समाचारहरुमा कुनै सत्यता नरहेको उनले बताएका छन् । यो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरि रहेको हामी अख्तियारको छानबिन चाडो टुङगीनेमा आशाबादी छौ उनले ब्लाष्टसँग भने ।प्रतिष्ठानलाई भ्रस्टाचारभुक्त क्षेत्र बनाउने आफुहरुको कार्यमा कसैले नियोजीत रुपमा कदम चालिरहेको उनको भनाई छ ।अख्तियारको छानबिनपछि बास्तबिकता आफै सार्बजनिक हुने उनले बताए । प्रतिष्ठानमा एमआरआई मेसिन खरिद गर्दा उपकुलपती प्राडा राजकुमार रौनियारले भ्रष्टाचार गरेको भन्दै अख्तियार दु्रुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
उजुरीपछि अख्तियारले प्रतिष्ठानबाट फाइलहरु नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।उपकुलपती रौनियारले भने आफुमाथि भ्रष्टाचारको आरोप नियोजीत रुपमा लगाइएको बताएका छन् । हामीले प्रचलित कानुन र प्रतिष्ठानको नियम अनुसार नै काम गरेका छौ भ्रष्टाचार भयो भन्ने कुरा बिश्वास योग्य छैन उनले भने ।