स्टूडियोको भिडमा फेरि राजधानीमा नयाँ स्टूडियो सञ्चालनमा आएको छ । गायक अनिल सिंह र सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले राजधानीको डिल्लीबजारमा संयूक्त रुपमा “म्यूजिक स्टेट स्टूडियो” नामक स्टूडियो सञ्चालनमा ल्याएका हुन् ।

बिहीवार एक कार्यक्रमका बीच गीतकार तथा बरिष्ठ पत्रकार शान्तिप्रिय, निर्देशक मिलन चाम्स, फिल्म वितरक गोविन्द शाही, गायक अनिल सिंह र सञ्चारकर्मी नरेश भट्टराईले संयूक्त रुपमा स्टूडियोको नाम सार्वजनिक गर्दै औपचारिक शुभारम्भ गरे ।

गायक अनिल सिंहको तेस्रो एल्बम “म्यूजिक स्टेट”लाई नै स्टूडियोको नाम दिइएको हो । स्टूडियोमा गीत रेकडिङ्ग, टिभी कार्यक्रम, युट्युब कार्यक्रम निर्माण गरिनेछ ।

सञ्चालक मध्येका एक नरेश भट्टराईले स्टूडियोबाट नेपाली फिल्मको विदेश प्रदर्शनको समेत काम हुने बताए । कार्यक्रममा गायक अनिल सिंहले लाइभ ब्यान्डका साथ एक गीत पनि गुनगुनाएका थिए ।