रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए। तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ। केही वर्ष अगाडिसम्म फिल्मको पर्दामा होस वा स्टेज कार्यक्रममा नै किन नहोस उनी छोटा कपडामा नै पुग्ने गर्थिन । एकसमय रेखाको छोटा पहिरनले नेपाली फिल्ममा अश्लिलता भित्रिएको बहस पनि खुबै चलेको थियो । तर, अहिले हेर्दा लाग्छ उनीको शरीरबाट छोटा कपडाले विदा मागेका छन् । गएको वर्ष नेकपा माओवादी छाडेर राप्रपा नेपालमा प्रवेश गरेकी रेखालाई अहिले आङ छोप्ने कपडामा देख्न सकिन्छ । केही महिनायता उनलाई कहिले साडी त कहिले कुर्था सुरुवातलमा देखिएको छ । बुधवार राजधानीमा आयोजित फिल्म 'म यस्तो गीत गाउँछु'को प्रिमियरमा उपस्थित रेखाले कुर्ती र जिन्स पाइन्ट लगाएकी थिइन । उनलाई हेर्दा लाग्थ्यो प्रिमियरमा कुनै राजनीतिक दलकी नेतृ उपस्थित भएकी छिन् । राप्रपा नेपालबाट राजनीतिमा पूर्णरुपमा होमिएपछि रेखाले विस्तारै आफ्नो पहिरनमा पनि परिवर्तन ल्याएकी छिन् । रेखाको फेरिएको पहिरन शैलीले सबैको मनमा अहिले एउटा प्रश्न उब्जिएको छ, के रेखाको शरीरबाट छोटा पहिरन हराएका हुन् रु तर, केही महिना अगाडि उनले आफू छोटा कपडा लगाउने र लगाइरहने भन्दै एक अन्तर्वार्ता दिएकी थिइन् । तर, राजनीतिमा होमिएपछि भने उनको शरीरबाट छोटा कपडाले विदा मागेको देख्न सकिन्छ । पछिल्लो समय उनलाई फिल्ममा पनि छोटा पहिरनमा देखिएको छैन । नेपाली फिल्ममा पहिलो पटक छोटा कपडामा अभिनय गर्ने नायिका भनेर रेखालाई नै चिन्छिन् । उनी दर्जनौ फिल्ममा निकै हट अवतारमा प्रस्तुत भएकी छिन् । उनी अभिनित फिल्म 'रुद्र प्रिया' यही वर्षको कात्तिक २ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।
रेखाको फेरिएको पहिरन शैली
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































