पाँचथर/ पाँचथरको फाल्गुनन्द गाँउपालिका–४, मा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४, का ४२ बर्षीय नेत्र चेम्जोङले ४० वर्षिया आफ्नै श्रीमती यसोधा राईको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार नेत्र र उनकी श्रीमती यसोधा आज बिहान सँगै पाँचथर–इलामी सिमावर्ती राँके बजार गएका थिए । बजारमा काम सकेर घर फर्किने क्रममा नेत्रले फाल्गुनन्द गाउँपालिका–४, लिगिम्बा भन्ने ठाँउमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन् ।

बाटो हिंड्नेले यसोधाको लाख देखेपछि इलाका प्रहरी चौकि राँकेमा खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेका प्रहरी टोलीले हत्या आरोपी चेम्जोङलाई नियन्त्रणमा लिएको छ भने लासलाई जिल्ला अस्पताल पाँचथरमा ल्याइ पोष्टमार्डम गरिएकोे छ ।

बजारबाट घर फर्किने क्रममा बिबाद हुँदा नेत्रले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि हत्या गर्नुको खास कारणबारे भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी नकुल पोख्रेलले बताएका छन् ।