शनिश्चरे/ भर्खरै मात्रै मिस नेपालको उपाधि जितेको मोरंगको उर्लाबारीका लागि गायन प्रतियोगिता अन्तर्गतको नेपाल आइडल जिताउन स्थानीय लागि परेका छन् ।

आइडलको उत्कृष्ठ ११ मा पर्न सफल उर्लाबारी–७ का निशान भट्टराईलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ को संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति गठन गरिएको छ । सो समितिको सहसंयोजकमा राजु लामा, सचिवमा घनश्याम भण्डारी तथा सदस्यहरुमा राजेश महेश्वरी, केशव सुवेदी, सचिन शाक्य, कृष्ण उदाशी, सम्झना आचार्य, यशोदा शाक्य, सिताराम ओझा, पवन वाईवा, सविन गौतम, सुनिल बोहोरा, रोजिना सुवेदी र सुरेन्द्र शर्मा रहेका छन् । फ्रेन्चाइज आइडलको नेपाली संस्करणलाई एपीवान टेलिभिजनले प्रस्तुत गरिरहेको छ । प्रत्येक विहीबार राती ८:४५ देखि हुने प्रतियोगिताको रियालिटी सोमा संगीतलाई गहिरोसँग बुझ्ने प्रतिभा निशानको जितका लागि स्थानीय जुटेको निशानका संगीत गुरु हेमन्त रिजालले बताएका छन् । ‘उनी उनीसँगका प्रतिष्पर्धीमध्ये सुगम संगीतलाई गहिरोमर्मका साथ बुझ्ने तथा त्यही अनुरुप गाउने भर्सटाइल गायनका गायक समेत हुन् ।’– उनले भने भर्खरै मिस नेपाल पाएको उर्लाबारीले अव नेपाल आइडल पाउने प्राप्त अवसरलाई सवैले हात पार्न लागिपरौं ।’

निशान विहानी कलाकेन्द्र उर्लाबारीका विद्यार्थी हुन् । उता, उर्लाबारीकै निकिता चाण्डकले भर्खरै मिस नेपालको उपाधि हात पारेकी थिइन् ।