धरान/धरान ९ स्थित तमु कम्प्लेक्सका प्रोपराइटर तथा लायन्स क्लव अफ धरान विजयपुरकी अध्यक्ष रेखा गुरुङले आफ्नो छोरा लिओ एलिन गुरुङको २१औ जन्म दिन एचआइभि संक्रमित तथा प्रभावित बालवालिकाहरु संग मनाएकी छिन ।

[caption id="attachment_49465" align="alignleft" width="486"] तस्विर बिकास चाम्लिङ राइ[/caption]

जन्म दिनको अवसरमा आमा रेखा गुरुङ र वुवा धिरज गुरुङले वालवालिकालाई खाजा वितरण गर्नुका साथै नगद दश हजार रुपैया पनि एचआइभि सक्रमित तथा प्रभावित हातेमालो शिक्षा अक्षय कोषका लागि सहयोग गरेका छन् । सहयोग रकम धरान पोजिटिभ समुहका अध्यक्ष खगेन्द्र खड्कालाई हस्तान्तरण गरिएको थियो ।

एलिन गुरुङ हाल नेपालमा नभए पनि उनको इच्छा अनुसार नेपालमा जन्मदिन मनाएको उनका आमा तथा कार्यक्रम सभाध्यक्ष रेखा गुरुङले बताइन । हाल एलिन बैककमा होटल म्यानेजमेन्ट विषय लिएर अध्यन गरिरहेका छन् । लक्ष्मि सडक स्थित धरान पोजिटिभ समुहको कार्यलयमा लायन्स क्लव अफ धरान, विजयपुरको आयोजनामा कार्यक्रम संपन्न भएको हो ।

कार्यक्रममा उपस्थित लायन्स तथा लिओ मेम्वरहरुले थप सहयोग रकम संलनन गरि अक्षय कोषमा तत्तकाल संकलन हुने गरि ६ हजार रुपैया पनि संस्थालाइ हस्तान्तरण गरेका थिए । हाल सुनसरीमा करिव पाच सय भन्दा वढि संत्रमित रहेको र उनिहरुलाई धरान पोजिटिभ समुहले सेवा दिइरहेको पनि मन्तव्यको क्रममा समुहका अध्यक्ष खगेन्द्र खड्काले वताए । उनका अनुसार धरानमा संक्रमित तथा प्रभावित बालवालिका मात्र सय भन्दा वढि रहेको पनि वताए ।

सो वालवालिकाको शिक्षामा सहयोगको लागि चार वर्ष अघि धरान रनको सहयोगमा शिक्षामा हातेमालो अक्षयकोष खडा गरेको र हाल कोषमा तिन लाख ४८ हजार रुपैया रहेको पनि उनले जानकारी गराए । खड्काका अनुसार हरेक ६ महिनामा कोष वाट आएको व्याजि रकमले उनिहरुको आवश्यक्ता हेरेर स्कुल व्याग, स्टेसनरी सामान, जुत्ता, छाता लगायत सामग्री वितरण गर्दै आइरहेको छ ।

ड्रग अवेरनेस लायन रामअवतार सर्माको प्रमुख आतिथ्यमा संचालित कार्यक्ममा जिल्ला सल्लाहकार लायन वलराम मानन्धर, एरिया संयोजक विपिन सुव्वा, चियर पर्सन लायन टंक गुरुङ, जोन चियर पर्सन लायन दिपेन्द्र निरौला लगायतको उपस्थिति रहेको थियो ।