रङ्गेली/विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलेसपथग्रहण तथा पदवाहाली गरेका छन् । सथप ग्रहण पश्चात पदभार ग्रहण गर्दै प्रमुख भिम पराजुलिले विभिन्न चार निर्णय समेत गरे ।

विराटनगरको वीरेन्द्र सभागृहमा नगरका नवनिर्वाचित प्रमुख भिम पराजुली तथा उपप्रमुख इन्दिार कार्कीसहित वडाध्यक्ष र सदस्यहरुले मंगलबार सपथग्रहण गरेका हुन् । महानगरका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले र सदस्यहरुलाई प्रमुख भिम पराजुलीले सपथ गराएका थिए ।

मुख्य निर्वाचन अधिकृतले पहिले प्रमुख तथा उपप्रमुखलाई र त्यसपछि वडाध्यक्षलाई सामूहिक रुपमा सपथ गराए । अाफुले सपथ गरेपछि प्रमुख पराजुलीले १९ वटै वडाका सदस्यहरुलाई सामूहिक रुपमा सपथ गराए । कार्यक्रममा पूर्वमन्त्री तथा सांसद मिनेन्द्र रिजाल, सांसद पुष्कर आचार्य, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरकारी निकायका अधिकारीको उपस्थिति थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य दिँदै नवनिर्वाचित प्रमुख पराजुलीले विराटनगरमा अहिले देखिएको हिलो र धूलोको समस्या १ सय दिनभित्रमा समाधान गर्ने प्रतिबद्धता जाहेर गरे । यस्तै उपमेयर इन्दीरा कार्कीले महिलाहरुको समस्या समाधानका लागि र हिंसा परेका महिलालाई न्याय दिने गरी काम गर्ने बताइन ।प्रमुख पराजुलीले पदभार ग्रहण गरेसँगै विभिन्न ४ निर्णय समेत गरे । पराजुलीका पहिलो निर्णयमा १ सय दिनमा नगरपालिकाको डुवान र फोहोरमैलाको समस्यालाई कम गर्न अभियानका रुपमा नाला सरसफाई गराउने एवं सडकमा भएका खाल्डाखुल्डी पुरी जनतालाई राहत पु¥याउने रहेको छ । दोस्रो निर्णयमा तीन वर्षभित्रमा विराटनगरका सबै सडक कालोपत्रे गरिसक्ने उल्लेख छ । यस्तै तेस्रो निर्णयमा विराटनगरलाई मोतियाबिन्दु (रतन्धो) उन्मूलन गर्ने उल्लेछ । चौथो निर्णयमा घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने रहेको छ ।