धरान/मोरङको विराटनगर–१६ दरैयाबाट प्रहरीले सोमबार लागूऔषधसहित धरानका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–११ का २० बर्षीय सन्तोष कार्की रहेका छन् । कार्कीलाई इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गर्दा बिहान ८ बजे पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट डाईजेल्याप २० एम्पुल, लुपिजेसिक २० एम्पुल र एभिल २० एम्पुल बरामद गरेको छ । पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान गरिरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।