साउन १३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत २’ निर्माण युनिट फिल्म प्रमोशनका लागी देशका विभिन्न स्थान पुग्यो।
दमौली देखि शुरु भएको सांगीतिक यात्रा नेपालगन्ज हुँदै बिर्तामोड सम्म पुग्दा २ हप्ता लाग्यो। दमौली, पोखरा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा पुगेर फिल्मको प्रमोशन सांगीतिक टुर सकियो। अब यो फिल्मका कलाकारहरु काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत गुञ्जाउन तयार छन्।