नायिका आँचल शर्माको सुन्दरताले धेरैलाई मोहित बनाएको छ । आँचल नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै उनले एक प्रकारको चर्चा पाइन् ।

चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलको यो बाहेक अन्य चलचित्र रिलिज भएको छैन । यसैले पनि उनको करिअर कुन मोडमा अगाडि बढ्छ भनेर विश्लेषण गर्दा हतारो हुनसक्छ ।