उर्लाबारी/ मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरमा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहन सुब्बा रहेका छन् । बिहान आफ्नै घरमा रहेको कुखुरा फार्ममा स्टेन फेन समाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका सुब्बाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको इप्रका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।