इटहरी/ केहि दिन अघि इटहरीमा सडक दुर्घट्नामा परि मृत्यु भएको तरहरा तामाङ टोलका कांग्रेस कार्यकर्ता रोशन तामाङको परिवारलाई नेपाली कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले आर्थिक सहयोग गरेका छन् । अर्थिक आवस्था कमजोर भएको तामाङलाई ५१ हजार रुपैँया सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भए पछि एक छोरा पढाउँन समेत समस्या भएको कारण मृतकका छोरा रिजन तामाङलाई स्नातकोतर सम्मको अध्यान गर्ने ब्यावस्था मिलाई दिने नेपाली कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले बताए । उनले भने पढ्न लाग्ने लत्ताकपडा देखि शैक्षिक सामाग्री सम्म दिने उनको प्रतिबद्धता गरेका छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुलाई सहयोग गर्नु आवश्यक रहेको बताए । मृतकका श्रीमती गर्भवती भई अस्पताल भर्ना गरेकोले परिवार आर्थिक समस्यामा परेको पौडेलको भनाई थियो ।

मृतकका वुवा जिवन तामाङ ४ वर्ष देखि डाईलोसिस गरेर बचाउँदै आएको छोराको मृत्यु भए सँगै परिवार समस्यामा परेको जिवनले बताए । उनले भने बुहारीको लागी खर्च र नाती पढाउँने पौडेल भेटे पछि उनी दुःखीत समयमै पनि हर्षित भए । आर्थिक समस्याले सताएको परिवारको लागी हेमकर्ण भगवान भए मृतकका बुबा जिवनले भने । तरहराका सामाजिक अगुवा दिलकुमार वनले तामाङ परिवार समस्याको परेको भन्दै हेमकर्णले गरेको योगदान उल्लेखनीय भएको बताउँदै आफुहरु पनि सहयोग गर्ने लाग्न बताए ।

पछिल्लो समयमा हेमकर्ण पौडेल इटहरीमा मात्र नभई प्रदेश नम्वर एकमै लोकप्रिय बन्न थालेका छन् । समाजमा समस्या परेका जनताको लागी सजिलो माध्याम हेमकर्ण बन्न थालेका छन । केहि समय अघि इटहरीमा आएका राजनितिक विश्लेषक तथा नेपाली कांग्रेसको नेता प्रदिप गिरीले हेमकर्णलाई काग्रेसका अभिवभाक गणेशमान श्रेष्ठ सँग तुलना गरे त्यो सँगै हेमकर्णको राजनितिक चर्चा थप चुलिन थालेको छ ।