तरहरा / बिगत एक बर्षदेखी आर्थिक अभावले अल्सर बिग्रेर थलिएका एक बृद्धलाई तरुण दल सुनसरीले सम्पूर्ण उपचारको खर्च बेहोर्ने भएको छ । इटहरी वडा नं १८ डकाहा का ७० बर्षिय भरतलाल चौधरीको उपचारको लागी तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गको एकल प्रयासले उपचारको खर्च बेहोर्ने भएको हो ।निम्नस्तर र आर्थिक अभावका कारण अल्सरको समस्या देखिएपछि उपचार गर्न पैसा नभएपछि चौधरीको अल्सर बिग्रेको थियो ।

अप्रेसनको लागी आर्थिक अभावका कारण चौधरीको पेटबाट दिशा गर्ने आन्द्रा प्वाँल पारी बाहिर नकालेर जेनतेन बाचिरहेका छन । अप्रेसन गरेर दिशाको आन्द्रा जोड्नु पर्ने चिकित्सकले सुझाप दिएपनि एक बर्षदेखी चौधरी यतिकै बसेका थिए । हिडडुल गर्न पनि निकै मुस्किल भएपछि उनि केही महिना यता चिसो भुईमा थलिएका थिए ।

अप्रेशन गर्न अस्पतालले एक लाख भन्दा बढी लाग्ने भनेपछि चौधरी घरमा थलिएका हुन । तर चुनाव प्रचारप्रसार गर्न तरुण दल त्यस क्षेत्र पुगेपछि गुरुङ्गले उनको उपचारमा सहयोग गर्ने आश्वासन दिएका थिए । चुनाव सके लगातै चौधरीको उपचार गर्न गुरुङ्गले धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका हुन ।

अस्पतालमा अप्रेशन गर्दा जति खर्च लागेपनि आफुले बेहोर्ने गुरुङ्गले बताएका छन । आँखा भरी आशु झादै आफनो उपचारमा गुरुङ्गले देखाएको भानविय सेवालाई हात जोडेर धन्यवाद दिएका छन ।

जिवनमरणको दोसाधमा रहदा गुरुङ्गको सहयोगले पूंन जन्म पाएको उनकी श्रीमती फुली चौधरीले पनि आर्थिक अभावले घरमा थलिएका श्रीमानको उपचार गर्ने व्यक्ति पाउदा धेरै खुशी छिन । राजनितिकर्मी आफनो स्वार्थ अनुकुल जनताको भोट माग्न मात्र आउने नेपालको राजनिति संस्कारलाई गुरुङ्गले देखाएको सेवा अन्य नेताहरुले पाठ सिक्नु पर्ने उनिहरुको भनाई छ ।

चौधरीलाई आजै धरान स्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा लगेर अप्रेसनको प्रकृया शुरु गरिएको छ । अध्यक्ष गुरुङ्गले यस अघिपनि सुनसरीका बिभिन्न स्थानका व्यक्तिहरुको आर्थिक अभावमा उपचार विहिनलाई सहयोग गदै आएका छन ।