अर्घाखाँची/ अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पाँचभाई किरियापुत्रीले बुधवार मतदान गरेका छन् । केशवराज पौडेल, पिताम्वर पौडेल कृष्णप्रसाद पौडेल, देवराज पौडेल र टंक प्रसाद पौडेलले केरुङ्गा अमराइको मतदान केन्द्रमा भोट हालेका हुन् । पिता कुलानन्द पौडेलको निधनपछि पाँच दाजुभाइ किरिया बसेका छन् ।