
रङ्गेली/ नेकपा एमालेका महासचिव इश्वर पोखरेलले निर्वाचन आयोग सरकारको लाचार छायाँ बन्न नहुने बताएका छन् । प्रेस चौतरीले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले निर्वाचन आयोगको गतिविधि लाचार छायाँ बन्ने तर्फ उन्मुख भएको आरोप लगाए । संवैधानिक हैसियतको आयोग बोल्न नसक्ने, सुन्न नसक्ने अवस्थामा पुगेको चर्चा गर्दै उने भने,‘काूननी हैसियतमा आयोग रहन सकेन ।’ निर्वाचनको मुखमा सरकारका मन्त्रीहरुले व्यापकरुपमा आचारसंहिता उलङ्घन गर्दा पनि आयोग मौन रहेको आरोप लगाउँदै पोखरेलले मन्त्रीहरुको गतिविधि भद्दा र असुहाउँदो भएको बताए । उनले, ‘गृहमन्त्रीको गतिविधि भद्दा छ, उनी चौकी बनाउँछु भन्दै प्रहरी कार्यालय धाउन थालेका छन् ।’ सचिव हेरफेर देखि द्धन्द्ध पीडितका नाममा ६ अर्ब निकासा गर्ने कामले निर्वाचन आचारसंहिता ठाडो रुपमा उलंङ्घन भएको भन्दै उनले एमालेले यस्तो गतिविधिको निन्दा गरेको जानकारी दिए । निर्वाचन कानून र मान्यताहरुलाई सरकारका तर्फबट कुनै चासो नदिइएको बताउँदै पोखरेलले सरकार विवेकहिन, गन्तव्यहिन तरिकाले प्रस्तुत भएको आरोप लगाए । निर्वाचन आचारसंहिता एमालेले पनि पालना गर्ने बताउँदै उनले एमालेबाट भएका उलङ्द्धघनका घटना सच्चाइने बताए । विराटनगरमा फोरम लोकतान्त्रीक सँग गरिएको समिकरण समयको माग भएको बताउँदै पोखरेलले राजनितिमा धेरै कोर्श बदलिएकाले बिजय गच्छदारको पूरानो भूमिकालाई लिएर अहिलेको समिकरणमा कुरा उठाउनु सान्दर्भीक नभएको बताए । उनले पार्टी भित्र उम्मेदवारसँग पैसा माग्ने र टिकट दिलाईदिन्छु भन्दै हिड्नेहरुलाई पनि कारवाहि गरिने बताए । पत्रकार सम्मेलनमा बोल्दै पोखरेल ।