सुनसरीका नेपालीकाग्रेसका मेयरकाउम्मेरद्वारहरुले इनरुवा, दुहबी र रामधुनीनगरपालीकालाइनमूनाआर्थिक कारोबार स्थलबनाउने प्रतिबद्दताजनाएका छन् । इटहरी मिडिया सेन्टरले बिहीबार बिहान इटहरीमा गरेको कार्यक्रममाइनरुवा, दुहबी र रामधुनीनगरपालीका नेपालीकाग्रेसका मेयरकाउम्मेरद्वारहरुले यस्तो प्रतिबद्दताजनाएकाहुन् ।

इनरुवाका मेयरकाउम्मेदार राजन मेहता, रामधुनीकाजयप्रकाशचौधरी र दुहवीमागौरीशंकर रौनियारले कृषि र उद्योगको विकास गरी नमूनानगरपालिकाबनाउने प्रतिबद्दता गरेकाहुन् । राजन मेहता, मेयरकाउम्मेदवार इनरुवानगरपालिका, नेपालीकाँग्रेस व्यवस्थापन विषयमा स्नातक ३८ वर्षीय राजन मेहतालेकार्यक्रमको सुरुमै जनताको मौलिकअधिकारको प्रत्याभूतिगराउदै इनरुवामा जवाफदेही नेतृत्व स्थापित गर्ने चुनाबीएजेन्डा सुनाए।मेहतालेयुवालाई काम, अग्रजलाई सम्मान रबालबालिकालाई मायादिने परम्परा संस्थागतगर्ने, कुनै पनि ढिलासुस्ती र लापरबाहीविरुद्ध खबरदारी गर्ने, भ्रष्टाचार नगर्ने र गर्न पनिनदिने बताए । प्रत्येक वडामा नगर सूचना केन्द्र, जेष्ठ नागरिक भेटघाट केन्द्र, एटीएमसहितको र्बैङ्क, कम्तीमा १५ प्रहरीसहित वडा सुरक्षाकार्यालय, सुलभ आधुनिक सार्वजनिकशौचालय स्थापनागर्ने पनिचुनाबीएजेन्डा रहेको उनले सुनाए । मेहताले इनरुवालाइ कृषि केन्द्र बनाएर किसानलाइब्यबसायीकबनाउने, अस्पताल बनाएर इनरुवाबासीलाइ घर छेउमै सहजउपचार हुने ब्यबस्थामिलाउने, सामुदायीकबिद्यालयको स्तर उन्नती गरेर इनरुवामै गुणस्तरीय शिक्षादिने ब्यबस्थागर्ने, हरेक घरमाफलफुलकाबिरुवा रोप्न लगाएर शहरमा हरियालीपनि बढाउने नगरबासीले आफ्नै आँगनमाफलेको फलखानपाउने अबस्था सृजनागर्ने बताए । उनले इनरुवा तरकारी उत्पादनको केन्द्र भएकाले कृषि क्षेत्रको बिकास गरि नमुनाआर्थीक कारोबार स्थलबनाउने प्रतिबद्दताजनाए ।  जयप्रकाशचौधरी, रामधुनीनगरपालकिामेयरकाउम्मेदवार निष्ठावान राजनीतिज्ञको छवि बनाएका नेपालीकाँग्रेस सुनसरीका पूराना नेता जय प्रकास चौधरीले पनि रामधुनिलाइनमुनाआर्थिक कारोबार स्थलबनाउने बताए ।  इनरुवाका मेयरकाउम्मेरद्वार मेहताले कृर्षि क्षेत्रको बिकास गरेर नमुनाआर्थीक कारोबार क्षेत्र बनाउछु भनीरहदारामधुनीकाचौधरीले धार्मीक पर्यटनको बिकास गरेर रामधुनीलाइआर्थीक कारोबारको स्थलबनाउने बताए । चौधरीले रामधुनीलाई प्रदेश नं. कै धार्मिक क्षेत्र बनाउने योजना रहेको सुनाए । घनाजंगलको माझमाअवस्थित रामधुनीमन्दिर र मन्दिर परिसरमा रहेका सहायकमन्दिर, कलसकुण्ड (पोखरी), धर्मशालालगायतकाभौतिक संरचनाहरुको मर्मत तथापुनःनिर्माण गरिरामधुनी क्षेत्रमाव्यवस्थितवनभोज स्थलपनिनिर्माण गरिनेबताए ।  चैधरीले झुम्कालाई किसानले उत्पादन गरेको उत्पादित सामग्रीविक्री केन्द्र बनाउनेपनिबताए । एक हजार जना अटाउन सक्ने क्षमताको सिटी हलनिर्माण, व्यवस्थित पुस्तकालय, रामधुनी क्षेत्रमा पर्ने वस्ती र वडालाई जोड्ने बृहत्तर रामधुनीचक्रपथनिर्माण गर्ने योजना रहेको मेयरकाउम्मेदवार चौधरीले पत्रकार सम्मेलनमा सुनाए । उनकाअनुसार, इलाकाप्रहरी कार्यालयलाई नमूनाप्रहरी कार्यालय बनाउने, हरियाली र सफा रामधुनीबनाउने पनिचुनाबीएजेन्डा रहेको छ। यस्तै, पानीटङ्कीविस्तार, रामधुनी क्षेत्रमा ५० बेडको हस्पिटल निर्माण, महिला, जेष्ठ नागरिक र दलित समूदायको हितकानिम्तिविशेष कार्यक्रमल्याइने पनिचुनाबीएजेन्डा रहेको चौधरीले सुनाए ।  अहिले शहरी क्षेत्रको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन रामधुनीमापनि छ । यसलाई समाधानगर्ने, रामधुनी क्षेत्रको कृषि केन्द्रलाई कृषिकलेज बनाउने, भासीकलेजको स्तरोन्नतिगर्ने र बक्लौरीमाव्यवस्थितकलेज निर्माण गर्ने एजेन्डा रहेको पत्रकार सम्मेलनमाप्रतिबद्ताजनाए । चौधरीले सम्पूर्ण जातजाति, वर्ग, क्षेत्रलाई संगठीत गरि साझाअभिभावकभएर कामगर्ने बताउँदै भने, ‘म वर्ग संघर्षको कुरा गर्दिन् । समानताको कुरामा जान्छौं ।’ गौरीशंकर रौनियार, मेयरकाउम्मेदवार, दुहबी झट्ट हेर्दा सामान्यलाग्ने र चाहिदो कुरा बोल्ने सुनसरी दुहवी वडा नं. ५ कागौरीशंकर रौनियारको समाजमा पु¥याएको योगदान त प्रेरणदायी छ । उनी राजनीतिक रुपमापनिउत्तिकै सक्रिय छन् । अचेल राजनीतिक रुपमाबहुबालीको हाबीभएको बेलाउनलाई देख्ने, बुझने जो सुकैलाई पनि राजनीतिगर्न उर्जा मिल्छ । स्नातकतह पुरा गरेकाउनी स्कुल पढ्दादेखि नै राजनीतिकमा सक्रियतिनै रौनियार असार १४ गते हुनलागेको स्थानीयनिकायको निर्वाचनमा नेपालीकाँग्रेस दुहवीनगरपालिकाको मेयरकाउम्मेदवार छन् ।  पाँच दसकअघि बिराटनगरकाव्यापारी दुहवीबजारमाआएर कृषि सामान खरीदगर्थे । मोरङ्बाट दुहबीआउँनखोलामात्यतिबेलापुलनहुदाँव्यापारी हातीमा २५ पैसा तिरेर तर्थे । व्यापारीसँगै वारिपारि गर्ने सवैले २५ पैसा तिरेर हातीमार्फत खोलातर्थे । त्यतिबेलानामचलेको दुहवीबजारलाई अहिले आएर साखधान्नगाह्रो परेको छ । दुहवीनगरपालिका क्षेत्रगाउँ नै गाउँले भरिएको छ। त्यसैले गर्दा दुहवीलाई किसानले उत्पादन गरेकोउत्पादित सामग्रीको कारोबार गर्ने स्थलको रुपमाविकास गर्ने मुख्यएजेन्डा रहेको मेयरकाउम्मेदवार गौरीशंकर रौनियार बताउँछन् । अहिले दुहवीऔद्योगिककरिडोर क्षेत्रको रुपमाचिनिएको छ । तर, जिल्लाकाअन्यशहरको तुलनामाबिकासकाआधारमा सुस्त छ ।  दुहवीमा जुट, सावुन, बिस्कुट, चामल, तेल, ध्यू, मासु लगायतकापाँचदर्जन बढी उद्योग छन् । अरु थपउद्योग खुल्ने क्रममा छन् । उद्योग प्रसस्त खुलेर आसपासकाबासीन्दाले रोजगार भने पाएका छन् । जसले गर्दा पनिदुहवीलाई आर्थिक हिसाबमाआर्थिक कारोबार गर्ने स्थलबनाउन सकिने रौनियारको तर्क छ । उनकाअनुसार, दुहवीलाई वाइफाई जोन, नगरपालिकाकाकर्मचारीलाई प्रोत्साहनगदैं भएकाकमीकमजोरी समाधानगर्ने, खेलकुद, गरीवतथाविपन्न परिवारका छोराछोरीलाई पठनपाठनका निम्ति मन्टेश्वरी शिक्षाप्रदानगर्ने एजेन्डा रहेको उनले सुनाए ।  दुहवीमाशिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युतको थपविकागर्ने एजेन्डा रहेको छ । स्वास्थ्यकै क्षेत्रमा गरीवतथाविपन्न परिवारलाई एम्बुलेन्स निःशुल्कउपलब्ध गराइने पनिएजेन्डा रहेको छ। शिक्षालाई सुधार गर्नकानिम्ति सामुदायिकविद्यालयमाहप्तामादुई दिन समय मिलाएर अनुगमनगरि त्यसमा छलफल गरि गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावकसँग छलफल गरिने बताए ।  दुहवीमा ढल–निकासको समस्याछ । यो समस्या समाधानकागर्ने पनिएजेन्डा रहेको छ। २०३० सालताकापूर्वमा सवैभन्दा बढी खेलकुदगतिविधीदुहवीमाहुने गथ्र्यो । भारतका ग्यान्टोक, कालिम्पोङ, दार्जेलिङ, कोलकता, थिम्पु, कटिहारकालगायतका खेलाडी प्रतिष्पर्धाकालागि सहभागीहुने गर्थे । तर, पछिल्लो समय दुहवीमा खेलकुदकागतिविधी बिरलैमात्रमाहुने गरेका छन् । काँग्रेसले प्रत्येक वडामा खेलकुदकागतिविधीगर्ने चुनाबीएजेन्डामै समेटेको छ । सुनसरीमा १२ वटा स्थानीयतह छन् । जसमा इटहरी र धरानदुईवटा उपमहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिकापर्दछन् । यीमध्ये जिल्लाको पूरानो र सदरमुकाम समेत रहेको नगरपालिकाइनरुवा पर्छ । अरु तीनवटा नगरपालिकाभर्खरै मात्र घोषित भएकाहुन् । इनरुवा पुरानो नगरपालिकाभएपनिविकासको हिसाबमा पिछडिएको र भर्खरै घोषित नगरपालिकासँगमिल्दोजुल्दो नै छ। चारवटा नगरपालिकामध्ये इनरुवा, रामधुनी र दुहवीका नेपालीकाँग्रेसकाउम्मेदवारले आफनो क्षेत्रलाई कृषि, पर्यटन र उद्योगकोविकास गरि नमूनाआर्थिक कारोबार स्थलबनाउने सामूहिक प्रतिबद्दता व्यक्त गरेकाहुन् ।