धरान/नेपाली कांग्रेस धरानले एक कार्यक्रमका वीच उम्मेदवार घोषणा तथा स्थानीय घोषणा पत्र सार्वजनिक गरेको छ । निर्वाचन परिचालन मूल समिति, धरानका संयोजक एवम् जिल्ला सचिव सुजेन्द्र तामाङको अध्यक्षतामा धरान कांग्रेसले मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको घोषण र धरानको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
कांग्रेसले मेयरमा तिलक राई र उपमेयरमा श्यामा रेग्मीलाई उम्मेदवार घोषणा गरेको छ ।कार्यक्रममा निर्वाचन परिचालन मूल समिति, धरानका संयोजक एवम् जिल्ला सचिव सुजेन्द्र तामाङले चुनावी घोषणा पत्र सार्वजनिक गरेका थिए भने घोषित उम्मेदवारहरुलाई स्थानीय नेताहरु सुरेशमान श्रेष्ठ, चन्द्र प्रसाद श्रेष्ठ, विनोद राई, मदन ढकाल, उमेश थापा, पर्वत राई, सुवास राई, चन्द्रशेखर लामा, संयोजक तामाङ लगायतका स्थानीय नेतृत्वहरुले फुलको माला र अविर लगाई विजयको शुभकामना दिएका थिए ।
सभामा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, पूर्व क्षेत्रीय सभापति विनोद राई, मेयरका प्रत्यासी तिलक राई, उपमेयरका प्रत्यासी श्यामा रेग्मी, पूर्व जिल्ला सहसचिव विकास आचार्य, नगर सचिव श्याम पोखरेल लगायतले संवोधन गरेका थिए ।
































