ताप्लेजुङ /बृद्धभत्ताको आसामा ताप्लेजुङमा दुई जनाले ७२ बर्षको उमेरपछि नागरिकता लिएका छन् । घर परिवारले हेरचाह गर्न छोडे पछि सरकारले दिने बृद्धभत्ताको आसामा ताप्लेजुङ फुङलिङ नगरपालिका र सिजंघा गाउँपालिकाका बृद्ध र बुद्धाले नागरिकता निकालेको हुन ।

सदरमुकाम फुङलिङ नगरपालिका वडा ४ मा २००२ साल जेठ ५ गते जन्मनु भएका टिकाराम श्रेष्ठ र सिजंघा गाउ पालिका १ बस्ने २००३ साल माघ ७ गते जन्मुन भएकी हरिमाया भण्डारीले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट आज नागरिकता प्राप्त गरेकाे हाे।

सरकारले दिने भत्ताको आसमा नागरिकता निकालेको सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले बताए । नागरिकता प्राप्त गरेपछि भण्डारीले खुृशी हुदै आफ्नो परिवारले हेर्न छोडेकोले बृद्धभत्ता पाईने आसमा नागरिकता बनाएको बताए।