धरान/नेकपा (एमाले) धरानका उप सचिब धनप्रसाद राईको शनिबार बिहान मृत्यु भएको छ ।
शनिबार बिहान मर्निङवाक निस्केका राई वीपी सुन्दर बजारको सार्बजनिक सौचालय छेउमा शनिबार बिहान करिब ४ँ बजे ढलेको अबस्थामा फेला परेका उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पु¥याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । जिल्ला खेलकुद बिकाश समिती सुनसरीका अध्यक्ष समेत रहेका राई सुगर र प्रेशरका बिरामी थिए ।
एमाले धरान उपमहानगर कमिटीका सचिब राजमणी निरौलाले राईको शनिबार अन्तिम संस्कार गरिने भएको छ । निरौलाका अनुसार धरान १७को रेल्वे चौक तथा एमाले पार्टि कार्यालय अगाडिको अन्तिम श्रदाञ्जलीका लागि शब राखिने भएको छ । आज शनिबार नै नगरपरीक्रममा सहित अन्तीम संस्कार गरिने कार्यक्रम रहेको छ नगर सचिब निरौलाले भेन ।