धरान/शमसेर बर्देवा धरान १० देउराली चोकका स्थायी बासिन्दा हुन् दलित परिवारमा २०३४ साल माघ २० गते आमा झुलमायां वर्देवा र बुवा बीरवहादुर वर्देवाका सन्तानका रुपमा जन्मीएका उनलाई नेकपा एमालेले धरान उपमहानगरपालिका वडा नम्बर १० बाट वडा सदस्यका सुर्य ध्वजाबाहक उमेद्वार बनाएको छ । मजदुर पृष्ठभुमिबाट आएका बर्देवा २० वर्षपछि पलिो पटक हुन लागिरहेको स्थानिय तहको निर्वाचनमा जनप्रतिनिधि बन्ने उत्साहका साथ चुनावी मैदानमा छन् । उनी नेपाल ट्रेड युनियन महासंघ जिफन्टका सुनसरी सचिव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिफन्ट प्रतिनिधि, नेकपा एमाले मजदुर शाखा कमिटीका उपाध्यक्ष हुन् । २०६० सालदेखि यातायात मजदुरी प्रारम्भ गरेका वर्देवा मजदु्र राजनीतिसंगै आफ्नो बसोवास रहेको वडामापनि उक्तिकै सक्रिय छन् । मजदुरी मेरो बाध्यता थियो रोजीरोटीको लागि धरान काकडभिट्टा रुटमा चल्ने को १ ख १८५ नम्बरको रानी सेवामा मजदुरी साथै संगठनमा आवद्ध भएर मजदुरहरुको अधिकारकालागि काम गरे । देउराली मार्ग टोल विकास समितिको अध्यक्ष भएर टोल विकास र वडाबासीको समस्यामापनि उत्तिकै चासोका साथ काम गरेको छु मेरो कामको मुल्याङकन गरेर होला मलाई मेरो पार्टी नेकपा एमालेले जनप्रतिनिधिका रुपमा अघि सारेको छ म पार्टी तथा नेतृत्वलाई आभार प्रकट गर्छु । यो अवसरलाई सदसपयोग गर्दै पूर्ण समर्पित भएर वडाको विकास जनताका काममा आफुलाई समर्पित गर्छु वर्देवाले भने । नेकपा एमाले जनताको पार्टी त हुंदै हो मजदुरहरुको पनि पार्टी हो भन्ने प्रमाण म लगायत धरानमा अरु मजदुरहरु्रलाई पनि टिकट दिएको कुराले प्रमाणीत गरेको छ । यो सिंगो मजदुर आन्दोलनका लागि महत्वपूर्ण अवसर हो अब जित्नु छ त्यसका लागि मलाई सवैले साथ दिनुहुनेछ भन्ने आशा राखेको छु । जनताले विश्वासका साथ हेरेको पाटी नेकपा एमाले नै हो वडामा अत्यन्तै लोकप्रिय नेता श्रीप्रसाद सुव्वालाई एमालेले अध्यक्षका रुपमा अघि सारेको छ । वडामा एमालेका उमेद्वारहरुलाई मत दिनुहुनेछ भन्ने आशा राखेको छु ।