धरान/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङमा धमाधम जनसरकार गठन गर्न थालेको छ ।
शान्तिप्रक्रियाको थालनीसँगै तत्कालिन नेकपा माओवादीले विगठन गरेको जनसरकारकै झल्को दिने गरी नगरपालिकासहित सबै गाउँपालिकामा जनसरकार गठन गरेको पार्टीले जनाएको छ ।खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
ताप्लेजुङमा हालसम्म ३५ वटा जनसरकार गठन गरेको पार्टीका जिल्ला इन्चार्ज आशिषले बताए ।