[caption id="attachment_47641" align="alignleft" width="475"] तस्विर उपेन्द्र चाम्लिङ । ब्लाष्टखबर[/caption]

विजयपुर/धरान नेकपा एमाले धरानले स्थानिय तह निर्बाचनका लागि धरानका सबै उमेद्धारको मङगलबार उमेद्धारी घोषणा सहित सार्बजनिक गरेको छ ।

एमाले पार्टि कार्यालयमा बिषेश कार्यक्रम नै आयोजना गरि एमालेले मेयर उपमेयर सहित वडा अध्यक्ष र सदस्यहरुको उमेद्धारी सार्बजनिक गरेको हो । उक्त कार्यक्रममा बोल्दै एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौलाले धरान उपमहानगर सहित सुनसरीका सबै स्थानमा एमालेले सम्मान जनक जीत हासिल गर्ने बताए । कार्यक्रम संसद कृष्णकुमार राई,एमाले एक नम्मर प्रदेश कमिटी सदस्य राधा गुरुङ,प्रदेश एकको सल्लाहकार समिती सदस्य साबित्री श्रेष्ठ,एमाले सुनसरीका उपाध्यक्ष रमेश बस्नेत सहित एमालेका जिल्ला क्षेत्र तथा नगरका नेताहरुको उपस्थिती रहेको थियो ।

एमाले स्थाई कमिटीले गरेको निर्णय अनु्सार धरानमा मेयरमा तारा सुब्बा र उप मेयरमा मञ्जु भण्डारी चुनाबी मैदानमा छन् । एमाले नेता तथा कार्यकर्ताहरुले धरानमा एमालेको जित सुनिश्चित भएको बताएका छन् । धरानमा एमालेले सबै वडाका उमेद्धारको टुङगो एक साता अगाडि नै लगाएको थियो ।निर्वाचनमा वडा तहका उम्मेदवारहरु घोषित गर्ने नेकपा एमाले पहिलो पार्टी पनि हो ।

एमालेवार्ड नम्मर एकमा अध्यक्ष भरत सुवेदी, सदस्यहरुमा मनोज अग्रवाल, रुपेश बाँस्तोला, महिला सदस्यमा उत्तराकुमारी शाक्य, र दलित महिला लक्ष्मी विकलाई उमेद्धार बनाएको छ । वार्ड नम्मर दुईमा अध्यक्ष मुकुल कायस्थ, सदस्यहरुमा नगेन्द्र राई, वीरबहादुर तामाङ, महिला सदस्यमा तारा उदास, दलित महिला सदस्यमा लक्ष्मी ल्वागुन रहेका छन् ।

वर्डा नम्मर तिनमा अध्यक्ष आशाकुमार श्रेष्ठ, सदस्यहरुमा विकास बनेपाली, हरिप्रसाद साही, महिला सदस्यमा उषा सुब्बा र दलित महिला सदस्यमा चन्द्रकुमारी विश्वकर्मा रहेका छन् । वार्ड नम्मर चारमा अध्यक्ष मानबहादुर राई, सदस्यहरुमा गोरसमान आलेमगर, धनबहादुर राई, महिला सदस्यमा गंगा राई,र दलित महिला सदस्यमा तुलसी परियार रहेका छन् ।वार्ड नम्मर ५मा अध्यक्ष चन्द्र भुजेल, सदस्यहरुमा विष्णुकुमार सुनुवार, सह गिरी, महिला सदस्यमा दुर्गालक्ष्मी राई र दलित महिला सदस्यमा शर्मिला बिक रहेका छन्।

वर्ड नम्मर ६ मा अध्यक्ष भुवनसिंह बस्नेत, सदस्यहरुमा रमेशकुमार बस्नेत, हरिबहादुर राई, महिला सदस्य गोमादेवी गौतम खनाल, दलित महिला देविका विश्वकर्मा रहेका छन्। वर्डा नम्मर सातमा अध्यक्ष भुवनराज मोक्तान, सदस्यहरुमा जीवनराज सुवेदी, हरिनारायण श्रेष्ठ, महिला सदस्य गीता पाख्रिन,र दलित महिला सदस्यमा देवकुमारी विक रहेका छन् ।

वर्डा नम्मर आठमा अध्यक्ष रुद्र लिम्बु, सदस्यहरु प्रेमबहादुर तामाङ, रामकुमार थापा, महिला सदस्य लिला राई,र दलित महिला सदस्यमा साबित्रा परियार रहेका छन् । वर्डा नम्मर ९मा अध्यक्ष रत्न कटुवाल, सदस्यहरुमा मनोजकुमार राउत, रामकुमार दास, महिला सदस्यमा सबिना शाक्य, र दलित महिला सदस्यमा ऋचा शंकर रहेका छन् । वर्डा नम्मर १० मा अध्यक्ष श्री प्रसाद सुब्बा, सदस्यहरुमा कृष्णबहादुर राई, शमसेर बर्देवा, महिला सदस्यमा राधिका राई, दलित महिला सदस्यमा अरुणा सुन्दास रहेका छन् ।

वार्ड नम्मर ११मा अध्यक्ष बाबुलाल लामा, सदस्यहरुमा कृष्णप्रसाद रिजाल, किरण राई, महिला सदस्यमा कल्पना थापा मगर,र दलित महिला सदस्यमा संगीता लोहनी बिक रहेका छन् । वार्ड नम्मर १२मा अध्यक्ष टंक राई, सदस्यहरुमा बिनिता बज्राचार्य, ब्रमज्ञ भट्टराई, महिला सदस्य चुन्नु थापा, र दलित महिला सदस्यमा शान्ति त्रिखत्री रहेका छन् । धरान १३मा अध्यक्ष नेत्र काफ्ले, सदस्यहरुमा पद्मा सुब्बा, सन्तोष राई, महिला सदस्यमा कमला श्रेष्ठ, दलित महिला सदस्यमा उर्मिला परियार रहेका छन् ।

धरान १४ को अध्यक्षमा झलक श्रेष्ठ, सदस्यहरुमा उमेश दहाल, लक्ष्मण श्रेष्ठ, महिला सदस्यान गंगा पोखरेल,र दलित महिला सदस्यमा राधिका सार्की रहेका छन्। धरान १५मा अध्यक्ष नरेश इङवारम, सदस्यहरुमा रामकाजी राई, ज्ञानेन्द्र बस्नेत, महिला सदस्य जानुका कार्की, र दलित महिला सदस्यमा नीरमाया कामी रहेका छन् ।

धरान १६ मा अध्यक्ष दिलकुमार गिरी, सदस्यहरुमा दिपक आचार्य, सुरेश श्रेष्ठ, महिला सदस्यमा हिरादेवी राई,र दलित महिला सदस्यमा लक्ष्मी लकान्द्री रहेका छन् । धरान १७ मा अध्यक्ष पूर्णप्रसाद राई, सदस्यहरुमा दिपक भण्डारी, प्रकाश राई, महिला सदस्य गणेशकुमारी राई,र दलित महिला सदस्यमा विन्दु रसाइली रहेका छन् ।धरान १८ मा अध्यक्ष नविन राई, सदस्यहरुमा कर्ण गुरुङ, जगदिप सुनुवार, महिला सदस्य नयन्द्र राई,र दलित महिला सदस्यमा कबिता विक रहेका छन् ।

धरान १९ मा अध्यक्ष पूर्ण लिम्बु, सदस्यहरुमा राजकुमार राई, मेघनाथ राई, महिला सदस्य जायात्रा राई,र दलित महिला सदस्यमा चन्द्रमाया विश्वकर्मा रहेका छन् । वर्डा नम्मर २० को अध्यक्ष मणिराम राई हरुमा कर्णबहादुर तामाङ, महाशेर राई, महिला सदस्य फुलमाया तामाङ,र दलित महिला यशोदा घिमिरे बिक रहेका छन् ।

उमेद्धार सार्बजनिक कार्यक्रम निर्बाचन परिचालन कमिटीका संयोजक प्रकाश राईको अध्यक्षतामा भएको थियो भने सह संयोजक इन्द्रबहादुर राईले सञ्चालन गरेका थिए ।