-
Home
-
पूर्व
-
इटहरीमा एम्बुलेन्स दुर्घटना हुँदा छोरीको मृत्यु आमा गम्भीर
इटहरीमा एम्बुलेन्स दुर्घटना हुँदा छोरीको मृत्यु आमा गम्भीर
इटहरी/सिराहाको गोलबजारबाट बिरामी ल्याएर आउँदै गरेको एम्बुलेन्स इटहरीमा दुर्घटना हुँदा बिरामीको नै घटनास्थलमा मृत्यु भएको छ ।
मंगलबार करिव साढे १० बजेतिर इटहरीको न्यु स्यार्सेकाली पेट्रोल पम्प नजिकै स १ प ११९० नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा बिरामी ६ वर्षीया भूमिका उरावको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते बनेका छन् ।घाइते हुनेमा मृतकमा आमा ३५ वर्षीया कविता उराव र सन्तोष उराव रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरु गोलबजार ११ का हुन् ।
उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको क्षेत्रीय ट्राफिकले जानकारी दिएको छ । मृतक उरावलाई धरानमै उपचारको लागि ल्याइदै गरिएको प्रहरीले जनएको छ ।