प्यूठान/राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको बन्दले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण मध्य पूर्वका आठ जिल्लाहरु ठप्प छन् । बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा परेका छन् ।
यि जिल्लाहरुको मुख्य बजार संचालनमा आउन सकेका छैनन् भने यातायातका साधन समेत चल्न सकेका छैनन् ।
संविधान बिथोल्ने गरि चरणवद्ध आन्दोलनको घोषणा गरेको राजपा नेपालले आजदेखि असार २ गतेसम्म मधेस, थरुहट र लिम्बुवानले बन्दको आह्वान गरेको हो ।
यता, आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेत्र विक्रमचन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको राप्ती अञ्चल बन्दले प्यूठानको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण यातायात, शैक्षिक संस्था, उद्योग धन्दा, कलकारखाना ठप्प छन् ।
गत २४ गते माण्डवी गाउँपालिका कुमालटारमा बैठक बस्ने तयारीमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको विरोध गर्दै राप्ती बन्दको आवहान गरिएको हो ।
इमेजखबरबाट