धरान/धरान –इटहरी सडक खण्डको पानिपियामा भएको दुर्घटनामा एक युवाको ज्यान गएको छ ।इटहरीबाट धरानतर्फ आउदै गरेको को ४ प ९७१८ नम्बरको मोटरसाईकललाई विपरित दिशातर्फबाट आउदै गरेको ना ४ ख ७८३४ नम्बरको बसले दिउँसो ३ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक ताप्लेजुङ थाकुम्वा–८ बस्ने ४१ बर्षिय दल बहादुर लिम्बुको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका लिम्बुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बसका चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ। यता सप्तरीको सुरुङगा नगरपालिका(१ कदमाहा(गाईघाट सडक खण्डमा कदमाहाबाट गाईघाटतर्फ जादै गरेको ना ३० प ८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपलिका(११ बस्ने २१ बर्षिय संजिप रेग्मी र पछाडी सवार सोही ठाउँकी अन्दाजी १६ बर्षिया आरती परियार घाइते भएकी छिन्। घाइते दुवैको फ्रेण्ड मोडल अस्पताल लहानमा उपचार भइरहेको छ।