धरान/नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा ‘ताम्बा’ (तामाङ जातिको जन्मदेखि मृत्युसम्मको संस्कार) बारे दुईदिवसीय तालिम शनिबारदेखि सुरु भएको छ । घेदुङको सभाहलमा भएको तालिममा नेपाल तामाङ सस्कृति घेदुङका केन्द्रिय अध्यक्ष दावा वाङगेल मोक्तानले सहजिकरण गरिरहेका छन् । कार्यक्रममा ५० जना प्रशिक्षार्थीहरु रहेका छन् । जसमा तामाङ जातिको जन्मदेखिको मरणसम्मको संस्कृतिको बारेमा जानकारी गराउन लागिएको घेदुङका सचिव मंगलसिंह तामाङले बताए । सुरजकुमार पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर १ का उपाध्यक्ष रामबहादुर तामाङ, घेदुङका केन्द्रिय सल्लाकार मैतबहादुर गोले, महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक बद्रि तामाङ, विष्णु मोक्तान, मनु मोक्तान लगायतको उपस्थिती रहेको थियो ।