धरान/नेपाली काङग्रेशले धरानको मेयरमा तिलक राईलाई टिकट दिएको छ । उपमेयरमा भने श्यामा रेग्मीलाई टिकट दिइने संभावना उच्च रहेकाे छ ।

काङग्रेशका बर्तमान नगर पार्टि सभापती तिलक राईलाई टिकट दिएपछि काङग्रेशको एउटा पक्ष आश्चर्यमा परेको छ । यस अघि काङग्रेशका पुर्व नगर सभापती किशोर राईले मेयरको टिकट पाउने चर्चा नै थियो ।

पार्टि सभापती शेरबहादुर देउवाका विश्वास पात्र मानिएका किशोर राईका पक्षमा कार्यकर्ताहरुले भोट नै माग्न थालेका थिए ।उप मेयरमा टिकट पाएकी श्यामा रेग्मी धरानमा सफल महिला नेतृको रुपमा स्थापित छिन् ।