जापानका वैज्ञानिकहरुले एक यस्तो तथ्य फेला पारेका छन्, जसले सबैलाई चकित बनाइदिएको छ । खासमा बैज्ञानिकहरुले भिडियो फुटेज फेला पारेका हुन्, जहाँ एउटा बाँदरले हरिणसँग सम्भोग गर्ने कोशिस गरिरहेको देखिन्छ । शोधकर्ताहरुले २०१५ नोभेम्बरमा मकाउ प्रजातिका बाँदरले दुई वटा हरिणसँग सम्भोग गर्ने कोशिस गरिरहेको भेटेका थिए । खासगरी नोभेम्बर महिना बाँदरहरुको प्रजननको समय हो । र सोही समय बैज्ञानिकहरुले बाँदर र हरिणबीच शम्भोग भइरहेको भिडियो फेला पारेका हुन् । मकाउ प्रजातिका बाँदर पहिला हरिणसँग खेल्ने र त्यसपछि पिठ्यूँमा चढेर शारीरिक सम्बन्ध बनाउन कोशिस गर्ने गरेको शोधकर्ताहरुले बताएका छन् । दुई अलग अलग प्रजातिबीच शारीरिक सम्बन्ध हुनु असामान्य मानिन्छ । तर वैज्ञानिकहरु भिन्न प्रजातिबीच किन यस्तो हुन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् । हरिणसँग सम्बन्ध बनाउन कोशिस गर्ने बाँदर उसको आफ्नो झुन्डमा कमसल दर्जामा राख्ने गरिन्छ । उक्त विषयमा शोधपत्र तयार गर्ने व्यक्तिहरु मध्ये एक अलेक्जेन्डर बोनेफाय भन्छन्, ‘बाँदर पहिला हरिणमाथि चढ्यो, अनि सम्भोग गर्ने जस्तो हरकत देखायो । त्यो समय करिब १५ सेकेन्डजति रह्यो । त्यसलाई सेक्ससँग जोडिएको व्यवहार भन्न सकिन्छ ।’लाेकान्तरबाट