चितवन/ माओवादी केन्द्रले मतपत्र च्यातिएको चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गर्नुपर्ने माग गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रशासनिक सल्लाहकार समेत रहेका माओवादी केन्द्रका नेता नारायण दाहालले मतपत्र च्यातिएको ठाउमा पुनः मतदान गर्नुपर्ने बताएका हुन् ।
मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने निर्वाचन कानूनको व्यबस्था रहेकोले आयोगले सोही अनुसार निर्णय गर्नुपर्ने बताए । नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले पुनः मतदान गर्ने कुरा अस्वीकार्य हुने बताए । उनले जनताको अभिमतलाई छिटो भन्दा छिटो मतगणना गर्नुपर्ने बताए ।
लाेकान्तर