पथरी/नेकपा माओवादी केन्द्रको मोरङ उर्लाबारी नगरपालिकाको उमेद्वार शनिबार कार्यक्रमको आयोजना गरी घोषणा भएको छ ।
माओवादी केन्द्रले नगरको लागि मेयरमा राजेन्द्र पौडेल, उपमेयरमा धनमाया धिमाललाई प्रतिस्पर्धामा पठाउने भएको हो । वडा अध्यक्षहरुमा १ देखि ९ वडामा क्रमस चेतराज श्रेष्ठ, पदम राई, ईन्द्र माखिम, मिलन दाहाल, लोकनाथ पौडेल, श्यामबहादुर बस्नेत, राजन दाहाल, रामप्रसाद धिमाल र अमर सेलिङ्लाई उमेद्वार घोषणा गरेको छ । उर्लाबारी मंगलबारे स्थित धिमाल विकास केन्द्रमा बृहत कार्यक्रमको आयोजना गरी उमेद्वार घोषणा गरेका थिए । पार्टी केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज कुसल लिम्बू, पोलिटब्युरो सदस्य गणेश उप्रेती, केन्द्रीय आयोजक समिति सदस्य लक्ष्मी पौडेल लगायतले बोलेका थिए ।