
स्थानिय चुनाव आयो, परिवर्तन रमाईलो गरायो
दुई दशकसम्म स्थानिय चुनाव खाली थियो
बल्ल बल्ल पहिलो चुनाव संविधानले दियो
नयाँ हाम्रो संविधानले परिवर्तन ल्यायो
दरवारको अधिकार गाउँ सशर आयो ।
दलित छन् अल्पसंख्या महिलालाई छानौं
चुनाव चिन्ह कुन चाँही हो अरुवाट जानौं
शान्त स्वभाव विवेकशिल स्वच्छ छवि भाको
आजसम्म समाजमा सेवा गर्दै आको ।
असल व्याक्ति नेता छानौं पुरुष हो वा महिला
सफल पारौं स्थानिय चुनावलाई पहिला
हम्रो होईन राम्रो मान्छे विकासका लागी
निजि स्वार्थ नभएको निष्ठावान त्यागी
हिमाल पहाड तराई मधेस एकै दाजुभाई
नयाँ नेपाल वनाएर छोडौं देशलाई
समाजका वस्ती टोल वडा शहर गाउँ
विकास गरौं, मिलिजुली भई एकै ठाउँ
आफ्नो हक अधिकार मत प्रयोग गरि
प्रष्ट भै स्वतन्त्रले लागौं चुनाव भरी
देशभरी गुन्जिएका चुनावका नारा
स्थानिय चुनावले खुशियाली सारा
स्थानिय चुनाव आयो, परिवर्तन रमाईलो गरायो ।
रचना : भोलानाथ घिमिरे
हाल छथरजोरपाटी गाउँपालिका