काठमाडौं/ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव फिर्ता हुने भएको छ ।
एमालेले संसदमा गर्दै आएको अवरोधलाई स्थगित गरी बजेट पारित गराउन सहयोग गर्ने सर्तमा कांग्रेस र माओवादी प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग सहमत भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा शनिबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा उक्त सहमती भएको हो ।