पुरुषको सुन्दरता तथा छरितोपनामा खानेकुराको विशेष भूमिका हुन्छ । स्वस्थ खानेकुरा खानाले पुरुषको समग्र शरीरमा बदलाव आउँछ । पुरुष सुन्दर देखिएपछि महिलाहरु आफैं आकर्षित हुन्छन् । यदि चाँडै नै महिला साथीहरुको मन जित्नु छ भने पुरुषहरुले यी १० खानेकुरा रोज्दा फाइदाजनक हुन्छ । १. कागती पानी यसले शरीरमा भएका हानिकारक टक्सीनहरुलाई हटाइ अनुहारमा चमक ल्याउँछ । अनुहार सुन्दर हुने पुरुषसँग महिलाहरु छिट्टै आकर्षित हुन्छन् । २. पालुङ्गो यसमा पाइने म्याग्नेसियमले रक्तसञ्चारमा सुधार ल्याउँछ, र आत्मबल बढाउनमा पनि सहयोग गर्दछ । आत्मविश्वास बलियो भए महिला साथीहरुसँग ढुक्कसँग कुरा गर्न सकिन्छ । ३. डार्क चकलेट महिला साथीहरुको अगाडि डार्क चकलेट खानाले उनीहरु पुरुषसँगै छिट्टै आकर्षण हुन्छ । ४. टमाटर यसमा लाइकोपिन नामक तत्व हुन्छ । जसले छालालाई नरम र चम्किलो बनाउँछ । नरम र चम्किलो छाला हुने पुरुषप्रति महिलाहरुको विशेष आकर्षण हुन्छ । ५. माछा यसमा व्यक्तिको तनाव कम गर्ने तत्व पाइन्छ । जसले मुड ताजा राख्दछ । यदि महिला साथीसँग भएको बेला दुवै जनाले माछा खाए महिला पुरुषप्रति आकर्षित हुन्छिन् । ६. बदाम यसमा भिटामिन इ पाइन्छ । डेटिङ जाँदा बदाम खाएर गयो भने अनुहार चम्किलो र शरीर फुर्तिलो बन्दछ । ७. गाँजर गाँजर खानाले मुख गन्हाउने समस्या कम हुन्छ । साथै पार्टनरलाई आकर्षित गर्न गाँजर प्रभावकारी खानेकुरा बन्न सक्छ । ८. नरिवलको पानी यसको सेवनले छाला फुस्रो हुनबाट बचाउँछ । अनुहारमा चमक ल्याउँछ भने व्यक्तिलाई फुर्तिलो राख्नमा सहयोग गर्दछ । ९. केरा केरामा पाइने विभिन्न पौस्टिक तत्वले व्यक्तिको अनुहारमा मुस्कान छाउँछ । जसले आफू र महिला साथीलाई प्रभावित पार्दछ । १०. ग्रीन टी केटी (महिला) साथीसँग हुँदा जहिले पनि ग्रीन टी रोज्नुहोस् । जसले ततपाईको व्यक्तित्वलाई उचाईमा पुर्याउँछ, साथै तपाईको केटी (महिला) साथीमा पनि त्यसले राम्रो प्रभाव पार्दछ ।