काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार सम्बोधन गर्दै छन्। दिउँसो १ बजे सम्बोधनबाट उनले राजीनामाको घोषणा गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्रीका छोरा तथा उनका सहयागी प्रकाश दाहालले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीले १ बजे संसदमा सम्बोधन गर्ने जानकारी दिएका थिए । तर दाहालको स्टाटसमा राजीनामा सम्बन्धी केही उल्लेख छैन । पहिलो चरणको स्थानीय तहको चुनावपछि राजीनामा गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति कांग्रेस र नेकपा माओवादी केन्द्रबिच यसअघि नै भइसकेको छ । त्यो सहमति अनुसार आफूले चाँडै राजीनामा गर्ने प्रधानमन्त्री प्रचण्डले बताउँदै पनि अाएका थिए।