काठमाडौं /काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेले अग्रता जारी राखेको छ ।
बुधवार बिहान साढे १० बजेको नजिता अनुसार एमालेका विद्यासुन्दर शाक्यले १ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ८ सय ७५ मत प्राप्त गरेका छन् ।
विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ६ सय ८३ तथा साझा पार्टीका किशोर थापाले ५ सय १८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १ सय ५९ मत ल्याएका छन् ।