चितवन/सवैको चसो र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।
हिजो अपराह्न ढिला सुरु भएको मतगणनामा धेरैले माओवादी केन्द्र–नेपाली कांग्रेसको गठबन्धनले भारी मत ल्याउने अनुमानहरु गरेका थिए र, प्रारम्भिक मत सर्वेक्षणहरुले पनि दाहालले नै जित्ने प्रक्षेपण गरेका थिए । तर, प्रारम्भिक मत गणनामा भने त्यस्तो देखिएको छैन । एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् ।
कुल मतदाता १लाख ५० हजार रहेको भरतपुर महानगरपालिकामा २९ वडा रहेको छन् । अहिले वडा नम्बर १ अन्तर्गत जम्मा १५ सय ७५ मत गणना भएको छ । जसमा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार ज्ञवालीले ८६१ मत र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहालले ७०३ मत ल्याएकी छिन् । उपमेयरमा पनि एमालेकै दिव्या शर्माले ६२३ र माओवादी–कांग्रेस गठबन्धन तर्फकी उम्मेदवार पार्वती शाहले ६४० मत ल्याएकी छिन् ।
विहान केही सयम रेणु दाहाले मत बढी ल्याएपनि केही क्षणमै एमालेका देवी ज्ञवालीले अग्रता लिएका थिए । करिब १३ सय मत गन्दा सम्म एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा ३०–३५ मत अन्तरले पछि रहेकी रेणु १६ सय मतको गणना गर्दासम्म १५८ मतले पछि परेकी छिन् । एमाले उम्मेदवारले रेणुसँगको मत अन्तर बढाउँदै लगेका छन् ।
लाेकान्तरबाट