काठमाडौं/ढिला भएपछि काठमाडौं महानगरपालिकाको मतगणना तीन स्थानबाट गरिने भएको छ । मतगणना ढिला भएकोमा गुनासो आउन थालेपछि निर्वाचन आयोगले थप स्थानबाट मतगणना अघि बढाउने भएको हो ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाललीले अन्य दुई समूह बनाएर मतगणनालाई तिब्रता दिईने बताए । त्यसका लागि निर्देशन दिइसकेको उनले बताए ।

पहिलो दिन सोमबार एक ठाउँबाट गन्दा राति ११ बजेसम्ममा करिब ३ सयमात्र गणना भएको थियो ।