धरान/मोरङको कानेपोखरी गाउँपालिका–७ को चारकोषे झाडीमा सोमबार एक वृद्धाको शव फेला परेको छ । कानेपोखरी गाउँपालिका ३ हरकपुर का ७४ बर्षीया रुकमणी थापाको शब फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना के कारणले भएको हो भन्ने बारेमा प्रहरीले प्रारम्भि अनुसन्धान थालेको बताइएको छ । इप्रका पथरीले घटना बारे विस्तृत अध्ययन भइरहेको बताइएको छ ।