धरान/सुनसरीको ईटहरी–१२ बाट इटहरी प्रहरीले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । खनारबाट भारत हाजिगंज–३ का २२ वर्षीय मोहमद राजन अन्सारी र २१ वर्षीय प्रवेश यादवलाई पक्राउ गरेको हो । सवारी चेकजाँचको क्रममा लागूऔषध नाईट्रोजन ट्याब्लेट २ सय थान, डाइजेल्याव एकसय ४८ थान, लुपिजेसिक एकसय ४८ थान र एभिल एकसय ४८ थान बरामद गरेको हो । त्यस्तै लागूऔषध कारोबारमा संलग्न धरानबाट तीनजना पक्राउ गरेका छन् । विशेष सुराकीको आधारमा प्रहरीले धरान–२४ का २३ वर्षीय अभिषेक तामाङ, धरान–१४ का ताराबहादुर तामाङ र दिपेश खवासलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई इटहरी प्रहरी र धरान प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।