काठमाडौँ / स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाइ भइरहेको गुनासो सम्बोधनका लागि गणनास्थलमा आजदेखि थप टोली परिचालन हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो । आयोगले कर्मचारी अपुग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ ।
स्थानीय तहको निर्वाचनको पहिलो चरणमा गत वैशाख ३१ मा विभिन्न तीन वटा प्रदेशका २८१ तहमा भएको निर्वाचनको गणना हाल भइरहे पनि परिणाम आउन ढिलाइ भइरहेको छ । रासस