चितवन/चितवनको भरतपुर महानगरपालिमा माओवादी केन्द्रको तर्फबाट मेयर उम्मेदवार रेणु दाहालले ५४३ मत अन्तरले अग्रता हासिल गरेकी छिन् ।
मंगलबार बिहानसम्म एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम राखिरहेकोमा पछिल्लो मतगणना अनुसार दाहालले अग्रता हासिल गरेकी हुन् । दाहालले १२२८ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीले ६८५ प्राप्त गरेका छन् ।
मतगणनामा ढिलाइ भएपछि भरतपुर महानगरपालिकामा अहिले दुई ठाउँमा मतगणना गरिएको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भइ संयुक्त उम्मेदवारका रुपमा दाहाल मेयरमा उठेकी थिइन् भने एमालेको तर्फबाट पूर्व उपमेयर समेत रहेका ज्ञवाली उठेका हुन् ।