शनिश्चरे/झापाको दमकस्थित नापी शाखा कार्यालयका एक कर्मचारी सोमबार दिउँसो ६ लाख ८० हजार रकम घुस लिदालिदै पक्राउ परेका छन् ।सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट ६ लाख ८० हजार घुस लिदा लिदै नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल पक्राउ परेका हुन् ।
उनले सेवाग्राहीको ३० हजार राजस्व लाग्ने ठाउँमा ६ लाख ८० हजार रकम मागेको अख्तियार कार्यालय इटहरीका डिएसपी रमेश बस्नेतले बताए । अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो । उनले दमकका एक जग्गा ब्यवसायिको प्लटिंगको जग्गाको काम मिलाईदिने भन्दै घुस लिएको अख्तियारको दावी छ ।
‘एक सेवाग्राहीको काम गर्ने भन्दै उनले घुस लिदै गरेको अवस्थामा हाम्रो टोली गएर उनलाई नियन्त्रणमा लिएका हौँ । अब आवस्यक कारवाहीका लागि उनी विरुद्ध अदालतमा मुद्दा दर्ता गछौँँ’ ।’–
बस्नेतले भने ।इलाका प्रहरी कार्यालय दमकका डीएसपी राजन लिम्बूले घुस लिँदा लिँदै मण्डल पक्राउ परेको उल्लेख गरेका छन् । कोबाट घुस लिएको भन्ने अख्तियारले आफुलाई जानकारी नगराएको उनले बताए ।
अख्तियारले पनि व्यक्तिको नाम उल्लेख गरेको छैन ।माओवादी केन्द्रका चन्द्र गजमेरले प्लटिङका क्रममा किनेको जग्गाको बढी राजस्व लिएको अवस्थामा अख्तियार टोलीलाई जानकारी गराएपछि टोली आएर पक्राउ गरेको स्रोतले बताएको छ ।पछिल्लो समय नापी मालपोत लगायत जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकायमा घुस लिनेको संख्या बढेको भन्दै अख्तियारले निगरानी बढाएको बताएको छ ।