काठमाडौं/हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिका र नेस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ ।

चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले २१४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि पारिन् ।

मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा बिजय हासिल गरेको छ ।

मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए ।

नयाँ इतिहास रच्दै मनाङमा एमालेले पहिलो पटक चुनाव जितेको हो ।