ताप्लेजुङ/ताप्लेजुङ सदरमुकाममानै आईतबार साँझ खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ ।सदरमुकाम स्थित कफिहाउस क्षेत्रमा साँझ करीब ७ः४० बजे खुकुरी प्रहारबाट साविकको फुरुम्बु गाविस एकका टाईगर भनिने २६ वर्षीय सबाहाङ तबेबुङ लिम्बुको हत्या भएको प्रहरीले बताएको छ ।
हत्यामा संलग्न फुङ्लिङ नगरपालीका १० का सुमन फुरुम्बुलाई पक्राउ गरी अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसीले बताएका छन् ।
हत्यामा सुमन सहित ३÷४ जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख केसीले बताए । अन्य फरार रहेकाले खोजिकार्य जारीरहेको प्रहरीको भनाई छ । हत्या भएका लिम्बु फुङ्लिङ नगरपालीका चारको डिल्लि बिकको घरमा डेरा गरी बस्दै आएका थिए ।
घाईते भएका लिम्बुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमानै मृत्यू भएको बताईएको छ । हत्या पछि सदरमुकामको सुरक्षा व्यवस्था कडा पारीएको प्रहरीले बताएको छ ।