इटहरी /नेकपा एमाले इटहरी ५ बर्ष भित्र इटहरी उपमहानगरपालिकालाई सम्मुनत शहर सँगै १० बर्ष भित्र महानगरपालिका र २५ बर्ष भित्र अन्तराष्ट्रिय स्तरको आधुनिक मेघा शहर बनाउने लक्ष्य सहितको घोषणा पत्र सार्वजनिक गरेको छ । आईतबार इटहरीमा एक कार्यक्रमको आयोजना गरी इटहरी एमालेले घोषणा पत्र सार्वजनिक गरेको हो । नेकपा एमाले इटहरीले स्थानिय तहको निर्वाचन लक्षित गर्दै आफ्नो महत्वकांक्षी घोषण पत्र सार्वजनिक गरेको हो । घोषण पत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । इटहरीलाई १ नम्बर प्रदेशको केन्द्र बनाउने, विभिन्न सडक सञ्जाल र शहरहरुको विकास गर्ने योजनामा समावेश गरिएको घोषण पत्र निर्माण समितीका संयोजक डा. दिवाकर रेग्मीले जानकारी दिए । घोषणा पत्रमा प्राथमिकताहरु भनेर २४ बुँदामा समेटिएको छ । पहिलो प्राथमिकता आवास र शहरीकरणलाई राखिएको छ । उपमहानगरपालिकाका प्रशासनिक कार्यालयहरुलाई कागज रहित बनाउने,जनउत्तरदायी सर्वाजनिक प्रशासनको कल्पना गरिएको छ । यस्तै, घोषणा पत्रमा इटहरीलाई ३ बर्ष भित्र पूर्ण साक्षर नगर बनाउने, खनार झुम्का औद्योगिक करिडोर निर्माण गर्ने, ३ सय शैयाको ट्रमा सेन्टर निर्माण गर्ने लगायतका योजनाहरु समेटिएका छन् । घोषण पत्र सार्वजनिक गरेपछि एमालेले उपमहानगरपालिका मेयर,उपमेयरका उम्मेद्धार भने घोषण गर्न सकेको छैन । जेठ ४ गते सार्वजनिक कार्यक्रम मार्फत उम्मेद्धार घोषण गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । एमाले जिल्ला अध्यक्ष द्धवारीका लाल चौधरीले आफुले इटहरीमा चुनाव कुनै हालतमा जित्ने वताएका छन । कार्यक्रममा एमालेका जिल्ला तथा नगरस्तरका नेताहरुका उपस्थित रहेको थियो ।