काठमाडौं / करिब दुई दशकपछि सम्पन्न भएको स्थानीय निकायको पहिलो चरणको निर्वाचनको विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हब्द्धिर्देशन जारी गरेको छ ।
निर्वाचन आयोगका सहसचिव सूर्यप्रसाद शर्माले हिजो एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन । उक्त विज्ञप्तिमा आयोगले गाँउपालिका, नगरपालिकाका निर्वाचन अधिकृतलाई मतगणना गर्नका लागि निर्देशन गरेको छ ।
आयोगले निर्वाचन अधिकृतलाई जारी गरेको निर्देशनमा गाउँपालिका वा नगरपालिकाको कुनै वडामा एकभन्दा बढि मतदान केन्द्र रहेमा मत गणना गर्दा त्यो कुन वडाको हो, छुट्याएर मत गणना गर्नुपर्ने जनाइएको छ ।
उक्त निर्देशनमा स्थानीय तह निर्वाचन निर्देशिका २०७३को दोश्रो संशोधनको दफा १२९ को उपदफा २ बमोजिम मतगणना गरी अनुसूचि ५१मा विवरण प्रविष्ट गर्नु पर्ने बताइएको छ ।